१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाल निजामति कर्मचारी संगठनले सीबीएमा पठाएका सबै प्रतिनिधि फिर्ता बोलायो


२ असोज, काठमाडौँ । नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलाले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन सीबीएमा पठाएका सबै प्रतिनिधि फिर्ता बोलाएको छ । काठमाडौँको बबरमहलमा जारी राष्ट्रिय भेलाले हाल सीबीएमा रहेका संगठनका सबै प्रतिनिधिलाई फिर्ता बोलाएको हो ।

संगठनले फिर्ता बोलाएको स्थानमा ककसलाई पठाउने भन्ने विषयमा भने कुनै निर्णय नभएको भेलामा सहभागी संगठनकी उपाध्यक्ष भवानी दाहालले दैनिकीलाई जानकारी दिइन ।

भेलाको औपचारिक उद्घान १२ बजेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संगठनमा सीबीएमा पठाउने प्रतिनिधिका बारेमा पनि छलफल हुने बुझिएको छ । अध्यक्षमा भने अहिले संगठनका अध्यक्ष केदार देवकोटा जाने सम्भावना रहेको छ ।

यसअघि संगठनले पुण्य ढकालको नेतृत्वमा प्रतिनिधि पठाएको थियो । सीबीएको चुनावमा ६८ प्रतिशत मत ल्याएको संगठनको तर्फबाट अध्यक्षमा प्रतिनिधित्व गरिरहेका ढकाल उपसचिमा बढुवा भएर विदा भएपछि नयाँ प्रतिनिधि पठाइएको थिएन ।

अहिले बाँकी अबधिका लागि भनेर उपाध्यक्षको रूपमा प्रतिनिधित्व गरिरहेका भोला पोखरेलले कार्यबाहक अध्यक्षको रूपमा सीबीएका काम गर्दै आएका छन । अब भने पोखरेल लगायतका प्रतिनिधि फिर्ता भएका छन । पोखरेल लगायतले माधव नेपालको नयाँ पार्टीसँग आवद्धता लिएर नयाँ संगठन बनाउने तयारीमा लागेका छन ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ११:०२