१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एक साताभित्र सरकारले पूर्णता पाउँछः माधव नेपाल


१ असोज, काठमाडौँ । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।

संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार ११:०२