१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

३८ लाख ५१ हजार नगदसहित २ जना हुण्डी कारोबारी पक्राउ


३१ भदाै, काठमाडौँ । अवैध वित्तीय कारोबार (हुण्डी)मा संलग्न दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ४५ वर्षीय कन्हैया प्रसाद सोनार र बाराको परवानीपुर गाउँपालिका ३ का २० वर्षीय दिपक कुमार सरार्फ रहेका छन ।

प्रहरीले उनीहरुलाई  वीरगञ्ज महानगरपालिका ६ माइस्थान चोकस्थित केपी ज्वेलर्सबाट ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगदसहित पक्राउ गरेको हो । उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १३:३१