१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

संखुवासभा हत्या प्रकरणमा नयाँ ट्वीस्टः आरोपी लोकबहादुरका भाइ नरेश पक्राउ


३१ भदाै, काठमाडाैँ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा नयाँ ट्वीस्ट आएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि हत्या अभियोगमा पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ ।  पक्राउपछि लोकबहादुरले हत्या आफूले नै गरेको स्वीकार गरेपनि प्रहरीले उक्त घटनामा अनुसन्धान जारी राखेको थियो ।

अनुसन्धानका क्रममा हत्या गरिएकी बुहारी रञ्जना कार्कीको मोबाइल लोकबहादुरका भाइ नरेश कार्कीको साथमा फेला परेपछि लोकबहादुरका भाइ नरेशलाई पक्राउ गरिएको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने,‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’

भदौ २१ मा मादीको उम्लिङ खोलाका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । सामूहिक हत्या भएकाे ५ दिनपछि लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ११:०७