१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सर्वोच्चले माधव नेपालका सम्धी र शारदादेवीलाई खोल्यो नेकपा एस रोज्ने बाटो


२९ भदौ, काठमाडौँ । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले नेकपा (एस) मा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने कामकारबाही नगर्न विपक्षी निर्वाचन आयोगसमेतका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा माधव नेपालको दल दर्ता निवेदनमा हस्ताक्षर नभएका झलनाथ खनालले नयाँदिल्लीबाट सनाखत गराएको र सनाखतलाई मान्यता दिएको नजिर प्रस्तुत गर्दै दल दर्ता नहुँदै निवेदनसहित पाण्डे र भट्ट आयोगमा उपस्थित भएकाले उनीहरू पनि आबद्ध हुन पाउने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:४०