२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

दार्चुलाको आकाशमा विना अनुमति भारतीय हेलिकप्टरको गस्ती, देउवा सरकार निदायो


१८ भदाै, काठमाडाैँ । दार्चुलाको आकाशमा विना अनुमति भारतीय हेलिकप्टरको गस्ती चलिरहेको पाइएको छ । शुक्रबार कान्तिपुर दैनिकमा पत्रकार मातृका दाहालले यस सम्बन्धी समाचार लेखेका छन ।

नेपाली युवा जयसिंह धामीको तुइन काटेर हत्या गरेको भारतले धामीको शवको खोजीमा महाकालीमा ड्रोन उडाउन समेत अनुमति नदिएको भएपनि केहीदिनदेखि दार्चुलाको अाकाशमा भारतले विना अनुमति हेलिकप्टर उडाएर गस्ती गरिरहेको छ ।

भारतीय हेलिकप्टर उडिरहेको अाकाश मुनी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यारेक रहेको छ । जिल्ला प्रशासन कार्यालय भारतीय समकक्षीसँग पत्राचार नै गरेर आपत्ति जनाएको भए पनि गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवा कानमा तेल हालेर सुतेका छन । यससम्बन्धी विस्तृत समाचार कान्तिपुर दैनिकको अनलाइनमा पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ०९:२५