१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

नेकपा एसका अध्यक्ष माधव नेपाललाई कसरी चिनिन्छ ? यस्ता छन विशेषता


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अनेक विशेषता छन । राम्रो र नराम्रो दुबै खालका विशेषताले भरिपूर्ण नेपालले जीवनकालको उत्तरार्धमा आफ्नो जीवन केमा समर्पित रह्यो ? भन्ने आफैँले प्रमाणित गराए । आम नेता तथा कार्यकर्ताले बुझ्ने गरी नेपालले आफ्नैबारेमा हुने गरेका आलोचना र टिप्पणी सबै सहि थिए भनेर प्रमाणित गरेका छन । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका बारेमा सामाजिक सञ्जाल फेसबुकमा हजारौँले सेयर गरिरहेको २० बुँदा यहाँ साभार गरिएको छ । संकलनको पहिचान हुन नसके पनि हामीले संकलित विवरण यहाँ साभार गरेका छौँ । -सम्पादक

१) २०४६ सालमा राजा हटाउन बिदेशीको सहयोग माग्नु हुदैन भन्ने मदन भन्डारीसँग भारतीय सेनाको सहयोग माग्नुपर्छ भनि बोल्ने ब्यक्ति हो माधवकुमार नेपाल (माकुने) ।

२) २०५० सालमा राष्ट्रघाती टनकपुर सम्झौता बिरुद्ध संसद र सडकमा उत्रिएका मदन भन्डारीको ज्यानको खतरा छ भनि उत्तर कोरियाली राजदुतले ४ पटक बोल्दा पनि पार्टीमा जानकारी नदिने ब्यक्ति हो माकुने।

३) आफु सत्ता र पार्टी महासचिव हुन्जेलसम्म ४० हजार टन चामल उत्तर कोरियालाई दिएर यो देशमा चामलको खडेरी सृजना गर्ने ब्यक्ति हो माकुने ।

४) २०५१ सालको एमाले ९ महिने शासनकालमा उपप्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा गिरिजाप्रसाद कोइरालाले गरेको राष्ट्रघाती टनकपुर सल्टाउन छाडेर उल्टै सिङ्गो महाकाली नदी प्याकेज बनाएर भारतको पाउमा चढाउने ब्यक्ति हो माकुने ।

५) ‘आफ्नो गाउँ आफै बनाऔं र वृद्धभत्ता’ शुरुवात गर्ने तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीलाई एमालेको ९ महिने शासनकालमा अर्थमन्त्री हुनबाट शुरुमा बन्चित गर्ने ब्यक्ति हो माकुने ।

६) एमाले ९ महिने शासनकालमा उप-प्रधानमन्त्री हुदाँ स्वकिय सचिव आफ्नै पत्नी राखेर पार्टी र सरकारमा सर्वप्रथम परिवारवाद भित्र्याउने ब्यक्ति हो माकुने ।

७) १५ बर्षसम्म पार्टी हाकेर १५ लाखले सदस्यता घटाउने ब्यक्ति हो माकुने ।

८) अमेरिकी राजदूत जेम्स मोरियार्टि एमाले कार्यालय बल्खु भ्रमण गर्दा माक्स, लेनिन, एंगेल्स, स्टालिन र माओको सबै तस्वीर निकालेर जर्ज वासिंगटन, अब्राहम लिंकन, थमस जेफरसन र जोन एफ केनेडीको तस्वीरहरु टांसिएर होलीवाइनको ढ्वाँङ्ग रच्ने ब्यक्ति हो माकुने ।

९) सात दलको आन्दोलन चलिरहँदा ज्ञानेन्द्र शाह सच्चिँयो भन्दै आमाको किरिया नगरी प्रधानमन्त्रीको लागि दाम चढाउन जाने ब्यक्ति हो माकुने ।

१०) “जनताबाट अनुमोदित अर्थात निर्वाचित नभए पार्टीको नेतृत्वमा बस्नु हुँदैन”, यो भनाइ २०६४ चैत २८ गते भएको संविधान सभा सदस्य निर्वाचनमा रौतहट ६ बाट माओवादी उम्मेदवार देवेन्द्र पटेल र काठमाडौं २ बाट अर्का माओवादी उम्मेदवार झक्कु प्रसाद सुवेदीले हराएपछि बोल्ने टिके प्रधानमन्त्री हो माकुने ।

११) रुक्मांगद कटुवाल कान्डले प्रचन्ड सत्ता बाहिरिँदै गर्दा २०६६ जेठ ३ गतेको खुलामञ्चको सभामा गाउँगाउँमा भिडन्त हुन्छ भने लगत्तै माओवादी कार्यकर्ताहरूले रामेछापमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, पोलिट्ब्यूरो सदस्यद्वय रविन्द्र श्रेष्ठ र पशुपति चौलागाईं र जिल्लास्तरीय नेताहरूमाथि त्यहि दिन सांघातिक आक्रमण गर्दा एक शब्द पनि उच्चारण नगर्ने ब्यक्ति हो माकुने ।

१२) पहिलो संविधान सभामा दुई ठाउँबाट हारेर पनि २२ दलको ३५० सभासदको समर्थनमा प्रधानमन्त्री बनेर संविधान निर्माणमा सिन्को नभाँच्ने ब्यक्ति हो माकुने ।

१३) २०६६ चैत २९, २०६७ वैशाख ३१ र २०६७ असार २८ गते २९९ रोपनी क्षेत्रफल रहेको ललिता निवास बालुवाटार जग्गा बारे तीनवटा त्रुटिपूर्ण निर्णय गर्ने ब्यक्ति हो माकुने ।

१४) केपी ओली भारतीय नाकाबन्दीको डटेर सामना गरिरहदाँ संसदमा सरकार बिरुद्ध कविता वाचन गरेर खुइल्याउने ब्यक्ति हो माकुने ।

१५) २०७५ साल मंसीरमा एउटा धर्मप्रचार गर्ने संस्थाको आयोजक समितिका संयोजक बन्दै एशिया प्यासिफिक सम्मेलन आयोजना गर्दा देशका प्रधामन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निमन्त्रणा दिई विवादास्पद बनाउने र व्यक्तित्वलाई कमजोर पार्ने काम गर्ने ब्यक्ति हो माकुने ।

१६) प्रधानमन्त्री केपी ओलीलाई बदनाम गर्ने हेतुले देशभर बलात्कृत पश्चात हत्या गरिएका निर्मला पन्तको फोटोहरु पोलमा टाँस्ने अभियान संचालन गर्दा यो सरकार असफल भयो भनि बिभिन्न संचारमाध्यममा बोल्ने ब्यक्ति हो माकुने ।

१७) २०७६ साल जेष्ठमा प्रधानमन्त्री केपी ओली ऐतिहासिक युरोप भ्रमणमा निस्कदा आफु गुटको स्थायी समिति बैठक बोलाउने ब्यक्ति हो माकुने ।

१८) गत पुसमा प्रचण्ड-माधव समूहको बबरमहलको एउटा पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीलाई अध्यक्षबाट हटाई आफु नै स्वघोषित अध्यक्ष हुने ब्यक्ति हो माकुने ।

१९) प्रचन्ड सँग मिलेर केपी ओलीलाई ४ पटक पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने ब्यक्ति हो माकुने ।

२०) केहि समय अघि नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा ‘०६२–६३ को आन्दोलनपछि मैले उहाँ जस्तो परिवर्तन विरोधीलाई उपप्रधानमन्त्री बनाएर गल्ती गरियो भन्ने ब्यक्ति हो माकुने ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ०९:३०