दैनिकी

  • १६ भाद्र २०७८, बुधबार १५:४७

सामान्य अंकले बढ्यो नेप्से, ९ अर्ब ३५ करोडकाे काराेबार

१६ भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । बुधबार दिनभरि उतारचढाव रहेको नेप्से बन्द हुने समयमा सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेकाे छ ।

बुधबार दिनभरि २२६ वटा कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर १ लाख ४ हजार ३४२ पटक किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख रुपैयाँ, अपी पावरको २३ करोड ७५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको २३ करोड ३६ लाख रुपैयाँ र रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले ७.५५ प्रतिशत, ओरिएण्टल होटल्सका लगानीकर्ताले ६.१४ प्रतिशत र यूनाइटेड मोदी हाइड्रोपावरका लगानकिर्ताले ६ प्रतिशत नाफा आर्जन गरेका छन् । बुधबार बैंकिङ, होटल तथा पर्यटन जीवन बीमा र इन्भेष्टमेन्ट समूह बाहक अन्य समूहमा भने रातामइ नै रहेको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार १५:४७