२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नेकपा एसका नेता एंव कर्णालीका मन्त्री शाहीको गोप्य भिडियो सार्वजनिक


१५ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीले एक महिलासँग जबरजस्ती यौन सम्पर्क राखिरहेको भिडियो सार्वजनिक भएको छ । महिलाकै कोठामा पुगेर शाहीले जबरजस्ती यौन सम्पर्क गरिरहेको भिडयो सार्वजनिक भएको हो ।

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा व्याप्त भएको ६ मिनेट ५८ सेकेन्डको भिडियोमा महिलाको अनिच्छाको बाबजुद मन्त्री शाहीले दुई पटक यौन सम्पर्क गरेका छन । भिडियोमा मन्त्रीले जबरजस्ती यौन सम्पर्क राखेकी महिला मलाई डर लाग्छ र दुःख भनेर चिच्याउने र कराउने गरिरहेकी छिन यद्यपी मन्त्रीले निरन्तर यौन सम्पर्क गरिरहेका छन ।

ती महिलाको कोठामा मन्त्री आफैँ प्रवेश गर्छन । उनी कोठामा प्रवेश गर्ने वित्तिकै बत्ती निभाउँछन र हतार हतार आफ्नो पाइन्ट खोल्छन  । त्यसपछि मन्त्री केही कुरा गर्छन र महिलाले मलाई डर लाग्छ नाइ भन्दा भन्दै त्यही लडाएर यौन सम्पर्क गर्न सुरू गर्छन । महिला रोइरहेकी हुन्छिन । यद्यपी फेरि उठेर महिलालाई केही सम्झाउन खोजे जस्तो गरी मन्त्री शाही पुनः जाइलाग्छन ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीले भिडियो नै सार्वजनिक हुनेगरी प्रहरीकोमा पुगेका पीडितहरू भने यतिखेर पछि हटेका छन । मन्त्री शाहीका नजिकका व्यक्तिहरूले धम्काएर र प्रलोभन दिएर पीडितलाई पछि हट्न बाध्य बनाएको बुझिएको छ ।

यद्यपी मन्त्री शाहीले रूँदा र नाइनाइ भन्दाभन्दै परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क गरेर रक्षक नै भक्षक बनेर प्रमाणित गरेका छन । यसका लागि उनी कारबाहीका भागिदार छन । उनले अब एक मिनेट पनि मन्त्रीको कुर्सीमा बस्ने अधिकार गुमाएका छन ।

परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क राख्नदै हिड्ने व्यक्ति कसरी राज्यको कानुन कार्यान्यन गराउन निकायमा बस्न सक्छ यो गम्भीर प्रश्न सिर्जना भएको छ । यद्यपी माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एस र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस विषयमा कुनै कारबाहीको प्रक्रिया अघि नबढाउनु सन्देहको विषय भएको छ ।

शाहीको भिडियो सार्वजनिक भएसँगै युवा संघ र अनेरास्ववियूले उनी माथि कानुनी कारबाहीको माग गरेका छन । उनीहरूले विज्ञप्ति निकालेर र प्रदर्शन गरेर कारबाहीको माग गरेका हुन । यता सुर्खेतमा रहेका पत्रकारितामा क्रियाशिल पत्रकार एवं प्रेस चौतारी नेपालकी उपाध्यक्ष टीका विष्टले भिडियो बाहिरिएपछि दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छिन ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १६:०४