२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

सिटीसँग आर्सनलको ३–० को लगातार दोस्रो हार


१८ फागुन, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले आर्सनललाई ३–० ले लगातार दोस्रो पटक हराएको छ । गएको आइतबार काराबाओ कपको फाइनलमा ३–० ले म्यान्चेष्टर सिटीसँगै हारेको आर्सनल फेरि त्यहि नतिजामा पराजित भएको थियो ।

विजयसँगै सिटीले दोश्रो स्थानको म्यान्चेष्टर युनाइटेड भन्दा १६ अंकको अग्रता कायम गरेको छ । सिटीको २८ खेलबाट ७५ अंक जोडेको छ । आर्सनल भने २८ खेलबाट ४५ अंकसहित अंकतालिकाको छैटौं स्थानमा कायम रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार ०९:१८