दैनिकी

  • ११ भाद्र २०७८, शुक्रबार १४:१७

मेरो नजरमा जेबी टुहुरे कहिल्यै गिरेनन्, बरू प्रदीप नेपाल गिरे

-बलराम आचार्य

सामान्यतः म किसान परिवार मै जन्मेको मान्छे । घरमा खासै राजनीतिक कुरा हुँदैनथ्यो । हजुर बा सबैका मान्य हुनुहुन्थ्यो मेरो ठूलो बा प्रधानपञ्च समेत हुनुभएले पञ्चायत र कांग्रेसका कुरा हुन्थे । मलाई चासो लाग्दैन थ्यो ।

गणेश पण्डित विद्वान भन्ने सुनेको थेँ । पण्डित भनेसी आफ्नै ठूलो बा जस्तै पण्डित सम्झन्थे। पछि बुझ्दै जाँदा उहाँ त्यो समाजको उत्कृष्ट विद्वान थर पण्डित । अर्जुननरसिंह केसी परिवारकै सदस्य जस्तो हुनुहुन्थ्यो । आस्था आदर लाग्थ्यो । समय कालमा गणेश पण्डितको स्पर्शले मलाई त्यतै तान्यो । विस्तार विस्तार बुझेँ म कम्युनिष्ट बनिछु ।

आठ कक्षामा पढ्दा राति राति चौघडा कविलास घुमाइयो । म अखिल छैठौंको जिल्ला कमिटी सदस्य भैछु । पञ्चायतबिरुद्द लड्ने समय भएको रहेछ । उक्सायो नारा जुलुस गरियो । कति आदरणीयहरुलाई मुख छाडियो ।आन्दोलनकै क्रममा केशवराज पाण्डे (हालः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन र भाैतिक पूर्वाधार विकासमन्त्री)सँग भेटियो । अरु केही थाहा छैन उहाँले दाङमैको केशव पाण्डे (अखिल पाँचौँ) भन्नुहुन्थ्यो। सोचेँ मत अखिल छैठौँको । मै ठूलो जस्तो लाग्यो । बहुदल आयो । एसएलसी पास गरियो ।

कलेज पढ्ने सन्दर्भमा त्यही केशव पाण्डेसँग भेट भो । म छैठौँबाट झरेर पाँचौं भएँ । गर्व लाग्यो । थाहा थिएन के भएँ । खुशी थिएँ डाक्टर बन्नु पर्ने केशव पाण्डे त राजनीतिमा रैछन । म किन नलाग्ने ! सरस्वती क्याम्पस पढियो, त्यो घटनाक्रम उल्लेख गर्न मन छैन । आफ्नैबाट धोका खाको घटना सम्झनु पनि हुन्न ।

त्यसपछि मेरो काम पढाइका अतिरिक्त दृष्टि साप्ताहिकमा प्रदीप नेपालको लेख र अन्तर्वार्ता रूचीका साथ पढ्थेँ । ती मेरा लागि खुबै खुराक हुन्थे । म उत्प्रेरित हुन्थेँ । त्यही आस्थाको कारण मैले प्रदीप नेपाल लागेर सरस्वती क्यम्पसमा प्रशिक्षण पनि चलाएँ । आदर्श मान्थे प्रदीप नेपाललाई ।

जब ५१ को मध्यावधि निर्वाचन आयो जिल्लाको आदर्श पुरुष गणेश पण्डित बेकारण कार्वाहीमा परे । अखिलको एक जत्था लिएर प्रदीप नेपालकोमा गएँ र भने गणेश पण्डित बिना हामी जित्दैनौँ । प्रदीप नेपालले जवाफ दिए २०५ मा एक हारेर केही हुन्न। म चित्त बुझाएर फर्किए । किनकी यो संगतले मैले गणेश पण्डितको आदर्श भुली सकेको थिएँ । गणेश पण्डित भन्दानी आदर्श मान्छेहरु भेटेको मलाई भान हुन्थ्यो ।

कालान्तरमा प्रदीप पनि ओझेलमा परे । मैले पनि खोजिन । तर अस्ति एक्कासी पार्दा पछाडिबाट आएर एमाले माथि छुरा धसे । मेरो मन कुडियो । सम्झे त्यही ५१ सालको टिकट काण्ड । मैले सम्झे ५१ साल मात्र हैन माधवसँग प्रदीपको सालनाल जोडिएको रैछ । अब मेरो आस्था रहेन ।

कुरा मोडियो मेरो कुरा टुहुरे थियो । हरेक सांस्कृतिक कार्यक्रममा जेबी भनेसी म हुरुक्कै हुन्थेँ । बाक्सा थाप्दै कलाकारको लागि पैसा माग्थेँ । एक दिन काठमाडाैँ गोंगबुको नयाँबसपार्कमा पैसा माग्दै थिएँ त्यही बाक्सा बोकेर (मेरो भान्जाले देखेछन् । मामा मागिरहेको देखेर भान्जा लाजले भागेछन् दिदीले भनेसी थाहा भो ।) यो पार्टी सरकारमा कयौँ पटक गयो जेबी सम्झेन । जेबी माओवादी बनेको पनि सुने उनी पूर्वको म पश्चिमको पछि भेट हुन सकेन। मलाई कम्युनिष्ट बनिरहने प्रेरणा तपाईंको सांगीतिक यात्राले ठूलो सहयोग मिलेको छ । हार्दिक श्रदाञ्जली ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार १४:१७