१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दुर्घटनामा पति गुमाएकी सांसद विमला वलीको परपुरूषसँगको चुम्बनसिहतको तस्बीर सार्वजनिक


१ भदाै, दाङ । दुर्घटनामा पति गुमाएकी लुम्बिनी प्रदेशकी सांसद विमला ओली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको चुम्बनसहितको तस्बिर सार्वजनिक भएको छ ।

उक्त तस्बिर बस्नेतकै फेसवुकबाट सार्वजनिक भएको हो । दुर्घटनामा पति गुमाएकी सांसदको चुम्बनसहितको तस्बीर सामाजिक सञ्जालमा यतिखेर भाइरल भएको छ ।

तस्बिरमा सांसद विमलाले बस्नेतको गालामा चुम्बन गरेको देखिन्छ । तस्बिर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ । तस्बिरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्छ । विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी हुन् ।

उत्तरको दुर्घटनामा निधन भएपछि बिधवा बन्नुभएको विमलालाई उत्तरको निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो ।

कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहेकी छिन ।

बस्नेतले उक्त तस्बिर कसले कसरी आफ्नो फेसवुकमा राख्यो भन्ने बिषयमा अनभिज्ञता प्रकट गरेका छन भने वलीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

बस्नेतले भने फेसबुकबाट तस्बीर हटाएका छन । बस्नेत बिबाहित पुरूष रहेको र उनको श्रीमति र छोराछोरी रहेको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १७:३२