१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मुख्यमन्त्रीले बन्धक बनाएका थिए शाैचालयको चप्पल लगाएर भागेँः सांसद वली


२१ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको र अाफू शाैचालयको चप्पल लगाएर भागेको बताएकी छिन । सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको प्रष्ट पारेकी छिन ।

वलीले भनिन्, ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’ वलीले मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताइन । वलीले आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको बताउदै भनिन्, ‘२० गते मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेँ र माओवादी केन्द्रको संसदीय दलमा पुगेँ । भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि आएँ ।’

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १४:२६