१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माधव नेपालले नयाँ पार्टी बनाए एक दर्जन पनि सति जाँदैनन्ः मुख्य सचेतक भट्टराई


२० साउन, काठमाडाैँ । नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी घोषणा गर्ने दुस्साहस गरे नेता कार्यकर्ताले साथ नदिने बताएका छन । दैनिकीसँग कुरा गर्दै मुख्य सचेतक भट्टराईले एमाले छाड्न कोही पनि नेता र कार्यकर्ता लालयित नरहेको बताए ।

उनले भने, ‘माधव कमरेडले नयाँ पार्टी खोल्नु भयो भने त्यसपछि धेरै नेताले हामी एमालेमै छाैँ भनेर विज्ञप्ति निकाल्नु हुन्छ । जुनकुरा अहिले त तपाईहरूले समाजिक सञ्जाल र सञ्चार माध्यमा सँगसँगै देख्न पाउनुहुनेछ ।’भट्टराईले एमालेमा व्यक्तिको पछि लाग्ने भन्दा बढी पार्टीको पछि लाग्ने नेताहरू रहेको बताए । मुख्य सचेतक भट्टराईसँगको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार २०:२८