१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गणपति लघुवित्तका ३३ शाखा प्रमुखले दिए सामूहिक राजीनामा


१८ साउन, काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाका ३३ शाखा कार्यालयका प्रमुखहरुले सामुहिक राजीनामा दिएका छन् । ३६ वटा शाखामध्ये ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामुहिक राजिनामा दिएका हुन् ।

सञ्चालक समितिको लिखित निर्णय अनुसार हरेक २–२ वर्षमा कर्मचारीको तलव भत्ता वृद्धि हुने भनिएकोमा आर्थिक वर्ष २०७८/०७९ को बजेटले सो कुराको सम्बोधन नगरेकोले कर्मचारीहरुको सेवा सुविधामा संस्थाले कुनैपनि ध्यान नदिइएको भन्दै ३३ जना शाखा प्रबन्धकले सामुहिक राजिनामा दिएका हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १६:००