१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सिद्धार्थ बैंकका सीइओ शम्भुनाथ गौतमले दिए राजीनामा


१८ साउन, काठमाडौँ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमले राजीनामा दिएका छन् । बैंकको सीईओमा नियुक्त भएको ४ बर्ष पुरा भएपछि सीईओ गौतमले राजीनामा दिएका हुन् । सीईओ गौतमको कार्यकाल आगामी साउन २५ गते सकिँदैछ ।

बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद अधिकारीलाई कामू सीईओको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १०:५६