१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी


१६ साउन, काठमाडाैँ । वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो ।

जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता कायम गरेको छ । पहिलो खेल वर्षाको कारण नतिजाविहीन भएको थियो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार ०७:३१