१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेकपाबाट निर्वाचित सांसद विमला वली फेरि एमालेमा


१६ साउन, वुटवल । नेकपाबाट निर्वाचित भएर केही समय माओवादी गतिबिधिमा सहभागी भएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली पुनः एमालेमा फर्किएकी छिन । उनी पछिल्लो सातादेखि माओवादीको सम्पर्कबाट बाहिरिएकी छिन ।

सोही कारण माओजादीले वली हराएको भन्दै एकोहोरो प्रचार गरिरहेको छ । वलीले पत्रकार सम्मेलन नै गरेर आफूले माओवादी रोजेको बताएकी थिइन । यद्यपी उनी त्यसअघि एमालेको बैठकमा सहभागी भएकाले माओवादी बन्न नसक्ने तर्कहरू पनि प्रस्तुत भएका थिए ।

लुम्बिनीका एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको बताएका छन । माओवादीले हराएको भनेर खोजिरहेकी सांसद वली दाङमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार ०८:२९