१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

आईपीओ निष्कासन गर्न ३ कम्पनीले पाए बोर्डबाट अनुमति


१५ साउन, काठमाडाैँ । विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् ।न्यादी हाइड्राेपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न बाेर्डले अनुमति दिएकाे हाे । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते, बिहीबार बोर्डमा निवेदन पेश गरेकाे थियाे ।

बोर्डले साउन १४ गते आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । त्यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते बोर्डमा निवेदन पेश गरेकाे थियाे ।

बोर्डले साउन ११ गते आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

त्यसैगरि, साहस उर्जा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते बोर्डमा निवेदन पेश गरेकाे थियाे । बोर्डले साउन १४ गते आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयरआईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १२:३७