१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विश्वकप फुटबलः फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै


३१ असार,काठमाडौँ  ।  रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८ः४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । क्रोएसिया विश्वकपको फायनलमा पहिलोपटक पुगेको हो ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार १८:५९