१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेप्सेमा जीवन विकास लघुवित्तको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?


१३ साउन, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ । बुधबार नेप्सेमा कम्पनीकाे ६० लाख ८४ हजार १ सय कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेन्ज तोकेको छ। । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JBLB सिम्बाेल पाएकाे छ । यहीँ मूल्यलाई आधार मानेर यस कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १४:२८