२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू


६ साउन, काठमाडाैँ । एमाले संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । सोमबार शुरू भएको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरू भएको हो ।

पार्टी विवाद समाधान गर्न कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन लगायत ९ बुँदे एजेन्डाबारे केन्द्रीय समितिमा छलफल हुने बताइएकाे छ ।

सोमबारको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा ९ बुँदे एजेण्डामा छलफल भइरहेको  जानकारी दिए ।

यसैबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक पनि बसिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १६:३२