२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैनः कमल थापा


६ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन बाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् ।शान्ति ,स्थिरता र समृद्धिको जनताको आशा बिपरित धर्मपरिबर्तन,बिदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताए ।

आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे । काङ्ग्रेस कम्युनिस्ट बिच बैचारिक,चरित्रगत,नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले काङ्ग्रेस कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गरे ।

आन्तरिक बिग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै बैचारिक लाइनमा हिडेकोले मुकुकले बैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो ।नयाँ सरकार प्रती बिश्वासको बाताबरण नभएको जनतामा चरम बितृष्णा र असन्तोष भएको उनको भनाई थियो ।

महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान संचालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिए । सो अबसरमा पार्टी कार्य सम्पादन समिती सदस्य राजाराम बर्तौला, केन्द्रिय सदस्य नबराज बिष्ट , जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा , सचिब सागर थापा लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १६:२१