२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

माधव नेपाल पक्षकाे बैठकमा गएनन् भीम रावल


६ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकमा उपाध्यक्ष भीम रावल गएका छैनन् । बुधबार दिउँसो ३ बजेबाट सुरु भएको नेपाल पक्षको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् ।

बैठकमा नेता नेपालसहित घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मेटमणी चौधरीलगायतका नेताहरु उपस्थित छन् ।नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबै नेताहरुलाई छलफलमा बोलाएको  थियाे । आजको बैठकमा पार्टी फुटाएर जाने वा एमालेमा रहेर संघर्ष गर्ने भन्ने विषयमा छलफल हुने १ नेताले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १५:३६