२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू


६ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरू भएको छ । पार्टी कार्यलय पेरिसडाँडामा दिउसो केहीबेरअघि बैठक सुरू भएको हो । स्थायी कमिटीबाट मन्त्रीहरुको टुंगो गर्ने तयारी छ । माओवादीमा नारायणकाजी श्रेष्ठले सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग उठाएका छन ।

अन्य नेताहरुले श्रेष्ठले पटक पटक अवसर पाएकोले दोस्रो बरियाताको नेतृत्वमा सरकारमा जानु पर्ने माग अघि सारेका छन् । संसदको चुनाव हारेका श्रेष्ठलाई राष्ट्रिय सभाको सजिलो बाटो प्रयोग गरि संसदमा भित्र्याएकोले अहिले त्यसैमा चित बुझाउनु पर्ने पुराना माओवादीहरुको धारणा छ । उनीहरुले देवेन्द्र पौडेल वा हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सामेल हुनुपर्ने माग अघि सारेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १५:०२