२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भीम रावललाई सुदरपश्चिमका चार मन्त्री र १० सांसदको अनुरोधः राजिनामा फिर्ता लिनुस्


६ साउन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावललाई सुदुरपश्चिमका चार मन्त्री र १० सांसदले संयुक्त रूपमा भेटेर सांसद पदबाट राजिनामा दिन गरेको घोषणा फिर्ता लिन अनुरोध गरेका छन । चार मन्त्री र १० सांसद मंगलबार टोखामा रहेको रावल निवासमै पुगेर यस्तो आग्रह गरेका हुन । उनीहरूले रावललाई  राजिनामा नदिन आग्रह गर्नकै लागि काठमाडौँ आएको बताइएको छ ।

नेकपा एमालेभित्रको विवाद मिलाउन लागि परेका रावलले वरिष्ठ नेता माधवकुमार नेपालबाट धोखा खाएपछि संघीय संसद भवन परिसरमै पत्रकार सम्मेलन गरेर राजिनामा दिने घोषणा गरेका थिए । रावलकै निवासमा पुगेका उनीहरुले राजिनामाको निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

जवाफमा रावलले साथीहरूको सुझाव मनन गर्ने बताएका थिए । उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक रहेको उक्त कार्यदलले तयार पारेको सहमतिमा माधव नेपाल सहमत नभएपछि राजिनामा दिएको बताएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १३:५३