२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता


६ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा ठाकुरले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

जसपाको ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नु पर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १२:२९