२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

मन्त्री छान्न माओवादी स्थायी कमिटी बस्दै, उपप्रधानसहित नेतृत्वमा नारायणकाजीको दाबी


६ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी कार्यलय पेरिस डाँडामा दिउसो १ बजे बैठक बस्ने बुझिएको छ । स्थायी कमिटीबाट मन्त्रीहरुको पनि टुंगो गर्ने तयारी छ । माओवादीमा नारायणकाजी श्रेष्ठले सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग उठाएका छन ।

अन्य नेताहरुले श्रेष्ठले पटक पटक अवसर पाएकोले दोस्रो बरियाताको नेतृत्वमा सरकारमा जानु पर्ने माग अघि सारेका छन् । संसदको चुनाव हारेका श्रेष्ठलाई राष्ट्रिय सभाको सजिलो बाटो प्रयोग गरि संसदमा भित्र्याएकोले अहिले त्यसैमा चित बुझाउनु पर्ने पुराना माओवादीहरुको धारणा छ । उनीहरुले देवेन्द्र पौडेल वा हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सामेल हुनुपर्ने माग अघि सारेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १०:०५