२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सकियो


 ५ साउन, काठमाडाैँ । नेकपा एमालेको केन्द्रिय कमिटीको मंगलबारकाे बैठक सकिएको छ । प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको जानकारी दिए ।

ज्ञवालीका अनुसार आजको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए ।

यसैगरी भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगले अहिलेसम्म के काम गरेको छ भन्नेबारे जानकारी गराएको उनले बताए। बैठकले भोलि पर्ने इस्लाम धर्मावलम्बीहरूलाई पार्टीको तर्फबाट शुभकामना दिइएको उनले जानकारी दिए। बैठक बुधबार ३ बजे बस्ने गरी सकिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १९:४६