१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एभरेष्ट बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?


४ साउन, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागूहुने गरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजद अनुसार बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिने छ । बैंकको मुद्दति निक्षेपको व्याज ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशत देखि न्यूनतम १.२५ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ११:३६