दैनिकी

  • ३ श्रावण २०७८, आईतवार ०८:१७

देउवा लागि मत दिन तयार जसपाका सांसदका लागि सनसिटीमा फल्याट उपहार

३ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत जुटाउने प्रयोजनका लागि जसपाको महन्थ ठाकुर पक्षका एक संसदलाई फल्याट उपहार दिएको पाइएको छ । स्रोतका अनुसार ठाकुरपक्षबाट उपेन्द्र यादव पक्षमा सांसदहरू ल्याउन भूमिका खेल्ने सांसले फल्याट उपहार पाएका हुन ।

अन्यका लागि पनि महत्वपूर्ण व्यवस्था गरिएको जसपा स्रोतले जनाएको छ । यादव पक्षमै रहेका सांसद भने असन्तुष्ट बनेका छन । ठाकुर समूहबाट अाउनेका लागि फल्याट र पैसा दिने हामीले चाहिँ न मन्त्री पाउने न केही भन्दै उनीहरू असन्तुष्ट बनेका छन ।

प्रधानमन्त्री देउवाले एक साताभित्र विश्वासको मत लिने तयारी गरेका छन । शनिबार भएको जसपाको संसदीय दलको बैठकमा पनि कम्तिमा सात मन्त्रालय र ८ मन्त्री नदिए मतको व्यवस्थापनमा कठिनाइ हुने विषयमा छलफल भएको छ ।

जसपामा प्रमाेद साह सहित अमृता अग्रहरि, नरमायाँ ढकाल, रानी मण्डल रुही नाज, रामदुलारी खतवनीलगायत उपेन्द्र यादव समूहमा सक्रिय भएका छन ।

प्रकाशित मिति: ३ श्रावण २०७८, आईतवार ०८:१७