१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एक भारतीय एजेण्टको दर्दनाक कथा


-अर्जुन पाण्डे

रविन्दर कौशिकको जन्म सन १९५२ मा भारतीय शहर राजस्थानमा भएको थियो । उनका पिता भारतीय शैनिकमा थिए । बाबु शैनिकमा हुँदा कौशिकलाइ सानै उमेर देखि शैनिक बन्ने तिब्र चाहना थियो । कौशिक तिक्ष्ण बुद्धिको थियो । स्कुलमा पढाइ लेखाइको साथै अतिरिक्त कृयाकलापमा पनि अगाडी थियो । उ नाटक, गीत नृत्यमा भाग लिइरहन्थ्यो । पुरस्कार पाउँथ्यो । यता भारतिय जासुस संस्था र यस्तै प्रतिभाशाली व्यक्तिको खोजिमा थियो ।

एक दिन उ एउटा नाटकमा अभिनय गर्दैै थियो, तब एक शैनिक अधिकारीको आँखा उसमाथि पर्यो । ति अधिकारीले रविन्दरको प्रतिभाबारे सिनियर अफिसरलाइ बताए । केही दिनमा नै शैनिक अधिकारीहरुले पनि रविन्दरको प्रीतभा र व्यावहारलाइ नजिकबाट नियाल्न थाले । उनिहरु रविन्दरको प्रतिभा र तिक्ष्ण बुद्धि देखेर दंग परे । अब उनिहरु रविन्दरलाइ लाइ भेट्न उसको घरमा आए र उनिहरुको योजनामा काम गर्न भने । रविन्दर केही दिन अलमलमा पर्यो । पछि उसलाइ लाग्यो कि यो नै मेरो भविष्य बनाउने अवसर हो, यो मौका गुमाउनु हुन्न ।

त्यसपछि सुरु भयो शैनिक तालिम । रविन्दरलाइ र का अधिकारीहरुले पाकिस्तान पठाएर त्यहाँ गुप्तचरी गर्ने कामको निम्ति तैयार पारे । यता उसका परिवारलाइ दिल्लीमा नोकरी पाएको र त्यही काम गरिरहेको बताइयो । रविन्दरलाइ दिल्लीमा सबै प्रकारले पाकिस्तानी बनाइयो । प्रथमतः उ पक्का इश्लाम बन्नु थियो । उसलाइ इश्लाम धर्मका हरेक संस्कार र प्रचलन सिकाइयो ।

उर्दु पढ्न लेख्न सिकाइयो, नाम बदलेर नाभी अहमद शकी राखियो र उसको खत्ना ( इश्लाम धर्म अनुसार पुरुषको लिंगको अगाडीको छाला काटेर हटाउने कार्य ) पनि गरियो । लवाइ, व्यावहार र वोलाइले अब उ पूर्ण रुपले इश्लाम बनिसकेको थियो ।

यति गरिसकेर १९७४ मा उसलाइ पाकिस्तान पठाइयो । केही समय इस्लामाबादको समाजमा घुलमिल गरि उसले इस्लामाबाद विश्वविद्यालयमा भर्ना भै एलएलबी को पढाइ शुरु गर्यो । पढाइमा सँधै अगाडी हुनाले उसलाइ विश्वविद्यालयमा सबैको पृय बन्न बेर लागेन । यही बेला पाकिस्तानी केटी अमानतसंग उसको विहे भयो । अमानत उच्च घरानाकी छोरी थिइ । यही सुत्रबाट उसलाइ पाकिस्तानी नागरिक बन्न पनि कुनै कठिनाइ भएन ।

योजना अनुसार अब उसलाइ पाकिस्तानी शैनिकमा भर्ना हुनु थियो र त्यसमा पनि उसले सजिलै सफलता हात पार्यो । अब उसले विस्तारै विस्तारै पाकिस्तानी शेना भित्रका जानकारीहरु भारतीय शैनिकलाइ पठाउन थाल्यो । शैनिक तालिम उसको निम्ति नौलो थिएन त्यसैले उसको प्रमोशन पनि छिटो छिटो हुन थाल्यो । उ मेजर बन्यो ।

शेनामा शिनियर पोजिशन लिएका रविन्दरलाइ पाकिस्तानी सुरक्षा निकायका महत्वपूर्ण सूचनाहरु हात लाग्थ्यो । त्यतिबेला पाकिस्तान र भारत सिमानामा साना ठूला शैनिक झडपहरु भैरहन्थे तर जहाँ जुन कार्बाही गर्ने योजना पाकिस्तान बनाउँथ्यो, पहिल्यै सूचना पाइसकेका भारतीय शेना त्यसलाइ सजिलै ध्वस्त पारिदिन्थे । पटक पटक यस्तो हार बेहोर्नु परेको पाकिस्तानी शेना हैरान र शसंकित थिए ।

सन् १९७९ को घटनामा उसले महत्वपूर्ण जानकारी भारतीय शेनालाइ बुझायो जसका कारणले पाकिस्तानी शेनाले ठूलो नोक्सानी बेहोर्नु पर्यो । यो घटनाबाट प्रसन्न भारतीय प्रधानमन्त्री इन्दीरागान्धीले उसलाइ व्ल्याक टाइगर कोड नेम दिइन । यो क्रम अरु चार बर्ष आरामले चलिरह्यो र भारतीय शेना पाकिस्तानी शेनामाथी हावी हुँदै गए । तब सन् १९८३ को एक दिन भारतीय एक आर्को गुप्तचर इनायत मसिहा लाइ पाकिस्तान पठाइयो जसको हातमा रविन्दरलाइ दिइने महत्वपूर्ण सूचना थियो । तर दुर्भाग्य, उ पाकिस्तानी सिमानामै सूचना सहित पक्डाउ पर्यो ।

जब उ पक्डाउ पर्यो तब उसलाइ अनेकन भयावह यातनाहरु दिइयो जसलाइ खप्न नसकि इनायतले सबै योजनाको खुलासा गरिदियो । आखिर जे संका थियो त्यही सत्य अगाडी आएपछि पाकिस्तानी शैीनकहरु पागल भए । तब रबिन्दर पनि पक्डिन बेर लागेन । अब उसका यातनाका दिनहरु शुरु भए । उसका नंगहरु निकालियो, उसमाथि कुट्नु, पिट्नु, पोल्नु, झुण्ड्याउनु, करेण्ट लगाउनु, छाला काड्नु, आदि गरियो जुन कार्यको भयानक बर्णन यहाँ गर्न संभव छैन ।

पाकिस्तानका विभिन्न जेलहरुमा उसले पाएका यातनाहरुबारे उसले भारतीय सरकारलाइ जानकारी गरायो र सहयोगको याचना गर्यो । तर कुनै सुनुवाइ भएन । भारतीय सरकारले उसलाइ कुनै पनी उपायले उद्धार गर्न सक्थ्यो तर इन्दीरा सरकारले पाकिस्तानी सरकारलाइ एउटा पनि पत्र लेखेन । यि सब सुन्ने बित्तीकै हृदयघात भै उसको पिताको मृत्यु भयो ।

पुनः परिवार सदस्यले सरकार संग अनुरोध गरे तर सरकारले वास्ता गरेन । सन् १९८५ मा उसलाइ फाँसीको सजाय सुनाइयो तर शैनिक निकायले मृत्यु भन्दा यातना नै निरन्तरता दिने निर्णय गर्यो । अन्ततः त्यसको १७ बर्ष पछि सन् २००१ मा पाकिस्तानको जेलमै उसको दर्दनाक मृत्यु भयो ।

यसरी आफूलाइ आवस्यक पर्दा भरपूर उपयोग गर्ने र एउटा होनहार जीवनलाइ बेवास्ता गरेर मिल्काउने काम भारतीय गुप्तचर संस्था रअ ले गरेको थियो । यस्तै गरि उपयोग गरेर मिल्काइएका सिक्कीमका लेण्डुप काजीको कथा पानि कम दर्दनाक छैन । इतिहासमा यस्तै अरु कथाहरु पनि देखिने संभावना देख्छु म । अहिलेलाइ यत्ती । अस्तु ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १६:१८