१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेप्सेमा छायाे हरियाली, ८ अर्ब ६१ करोडको कारोबार


२७ असार, काठमाडौँ । आइतबार नेप्सेमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.४३ मा पुगेकाे छ । दिनभर २ सय २५ कम्पनिको ३१ करोड ५८ लाख ८ हजार ८ सय ५० कित्ता शेयर ८२ हजार ४९ पटक किनबेच हुदा ८ अर्ब ६१ करोड ३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँको कारोबार भएको छ ।

आज ७३.३३ अंकले बढेर सबै समुह हरीयाली भएको छ । लाईफ इन्स्योरेन्स समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन । लाईफ इन्स्योरेन्स समुह ४ सय ९८.२ अंकले बढेको छ । त्यसैगरी आज विकास बैंक र निर्जिवन विमा समुह ५ सय ५५ अंकले उकालो लागेको छ भने माईक्रोफाइनान्स समुह १ सय ३२ अंकले उकालो लागेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १६:२३