दैनिकी

  • २५ असार २०७८, शुक्रबार ११:५०

यो सहर अर्थात काठमाडौँ

-लक्ष्मण सिटौला

रातभरि अनिदो निदाउछ
बिहान उठेपछि –
एक गिलास लोकल दन्काउछ यो सहर
बाबुलाइ देखाएर छोरा खान्छ
आमालाई बृद्दाश्रम पठाउछ
हजूरबाउ हजूरआमाको आसुले
चोक पखालिन्छ यहाँ
एक कोशमा शौच गर्ने ठाउ छैन
यहाँ धुलोले मीत लाउछ
यहाँ सोझाले शीत पाँउछ
यहाँ गन्धले गीत गाउछ
खाल्डाले मुख बाउछ
पहाडका मान्छे यहि आएर सहिद भएका छन कति
रातभर चन्द्रागिरी र शिवपुरी सुरक्षागार्ड बसेपनी
यहाँ दिउँसै बैंक लुटिन्छ
साचो कुरा भन्नुपर्दा –
तरकारी भन्दा मान्छे सस्ता छन यो सहरमा
मिडियाको पोलुसन यहि छ
किरापरेका मासु यहि बिक्छ्न
पहाडीहरुको भैसीले नखाको साग यहि तरा लाग्छ
कुहिएको चामल देखि
मिल्किएका करेला देखि किरा परेका मासु सम्म
यहाँ हान्थापले बिक्छ
रत्नपार्कबाट भाषण सिकेर जाने पाषणहरु
फेरि यतै फर्किन्छन चुनाव जितेर
र कुर्लिन्छन तिनै गधा गवारहरु बेफिक्री
पार्टी फेर्नु त स्वाभाविक भैसक्यो
नेताले श्रीमती फेर्छन स्वार्थको स्वाद फेर्न
देश यसै गरिब भाको होइन
गरिब दिमागले गरिब बनाइदिएका हुन
कुनैबेला रत्नपार्कको पर्खाल भत्काउने भैरे
अहिले पुननिर्माण मन्त्री भएको छ
हिजो रत्नपार्कमा ग्राहक खोजेर हिडेकी चमेली
आज सस्कृती मन्त्री बनेकी छ
यो सहर मन्दिरै मन्दिरको रहेन अब
घुसखोर दल फेरिरहने दलालहरुको गोठ बनेको छ
धनीका घरको भोजमा घन्केको पपले र र्यापले
छिमेकमा डेरा लिएर बस्ने परिश्रमीको
निन्द्रा कचल्टिएको ख्याल गर्दैन यो सहर !

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार ११:५०