२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सर्वोच्चले फैसला मार्फत देउवाजीलाई प्रधानमन्त्री तोक्ने सूचना पाएको छुः प्रचण्ड


२२ असार, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने सूचना प्राप्त गरेको जानकारी दिनुभएको छ । मंगलबार जनकपुरमा रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।

उहाँ जनकपुरमा पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न आइनुभएको हो । उहाँले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना हुने र देउवाले सपथ खानेमा कुनै शंका नरहेको ठोकुवा गर्नुभयो । यसअघि चितवन जानेक्रममा धादिङमा प्रचण्डले सर्वोच्चले २१ मन्त्रीको जागिर जाने सूचना पाएको भन्दै बोल्नुभएको थियो । त्यसको भोलिपल्ट अदालतले २१ मन्त्रीको जागिर खोसेको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १३:०२