१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमाले केन्द्रीय कमीटी बैठक बस्दै, बैठकमा सहभागी हुन उपाध्यक्ष गाैतम बालुवाटारमा


१८ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको केहीबेरमा बस्दैछ । केन्द्रीय कमिटीको १३औं बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्न लागिएको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार पुग्नुभएको छ । गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १०:२६