१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

१८ असार, काठमाडाैँ । सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।

प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे सचिवमा बढुवा हुनुभएको छ । यस्तै प्राविधिकतर्फ डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य सचिवमा बढुवा हुनुभएको छ । आचार्य वन सेवातर्फ र बज्राचार्य इन्जिनियरिङ सेवातर्फबाट सचिवमा बढुावा हुनुभएको हो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १०:१२