१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन वार्ता, के भयो कुरा ?


१८ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । उहाँहरूको बीचमा बिहीबार टेलिफोन संवाद भएको स्रोतले जनाएको छ । दोस्रो तहका नेताहरूबीच भएको छलफलपछि ओली र नेपालको बीचमा टेलिफोन संवाद गर्नुभएको हो ।

फोन वार्तामा ओलीले नेपाललाई आजको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको बुझिएको छ । ओलीले विभाजनको बाटोमा नजान नेपाललाई अनुरोध गर्नुभएको थियो। ओलीको प्रस्ताव नेपालले भने अस्वीकार गर्नुभएको थियो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ । बैठकमा माधव समूहका नेताहरूलाई निमन्त्रणा गरिएको भए पनि सहभागी नुहेन बताएका छन । उनीहरूले एमालेकै स्थायी कमिटी बैठकले मात्र केन्द्रीय कमिटी बैठक बोलाउन पर्ने भन्दै आजको बैठकमा नजाने जनाएका छन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ०९:५९