१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

एमाले बैठकमा नजाने माधव समूहको निर्णय, देउवालाई तत्काल धोका नदिने


१७ असार, काठमाडौँ । नेकपा एमालेको माधव समूहले तत्काल पार्टीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । नेपाल निकटका स्थायी कमिटी सदस्यहरूको बिहीबार भएको बैठकले यथास्थितिमा एमाले बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार नजाने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकमा माधव नेपालले तत्काल बैठकमा जाँदा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ धोका दिएको सन्देश जाने निष्कर्ष सुनाउनुभएको थियो । उक्त निष्कर्षमा नेताहरू डा भीमबहादुर रावल लगायतले सहमति जनाउनुभएको थियो । एमाले भित्रै रहेर संघर्ष गर्नुपर्ने अभियानमा चलाइरहेका नेताहरूले भने बैठकमा जानुपर्ने र अब देउवा र प्रचण्डको कार्यकर्ता बन्न नहुने बताएका थिए ।

यद्यपी  बिहीबार बसेको माधव समूहको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको छ । माधव समूहले प्याकेजमा सहमति गर्नुपर्ने भन्दै बार्गेनिङ सुरू गरेको छ । यसअघि अध्यक्ष ओलीले आफ्नो कमजोरी सुधार गर्दै पार्टीलाइ माधव समूहको माग अनुसार जेठ २ को अवस्थामा फर्काउनुभएको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १८:३८