१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

सशस्त्र प्रहरी परिवार महिला संघद्धारा मानव सेवा आश्रमलाई दुई लाख सहयोग


१७ असार, काठमाडाैँ । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २० औं बार्षिकोत्सवको अवसर पारेर विभिन्न संघ संस्थालाइ सहयोग गरेको छ । संघले बिहिबार काठमाडौ रानिबनस्थित मानब सेवा आश्रमलाई एक कार्यक्रमको आयोजना गरि नगद २ लाख प्रदान गरेको छ ।

सो रकम संघकी अध्यक्ष सरिता कणेल खनालले सो आश्रमका सचिब सुमन बर्तौलालाई हस्तान्तरण गर्नुभएको हो । यसैगरी संघले पशुपति क्षेत्र वरपर बस्ने असहाय परिवारका करिब एक सय जना बालबालिकाहरुलाई नि:शुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आईरहेको बाल सारथी एकेडेमी तिलगंगालाई बालबालिकाको शिक्षाको लागि आवश्यक पाठ्यपुस्तक खरिद गर्नका नगद १ लाखको चेक हस्तान्तरण गरेको छ । सो चेक संघकी कोषाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले सो एकेडेमिका अध्यक्ष डा. माला खरेललाइ प्रदान गर्नु भएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघ अध्यक्ष सरिता कणेल मानब सेवा आश्रमका सचिव सुमन बर्ताैलालाई चेक हस्तान्तरण गर्नुहुँदै ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १७:४४