२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा भोलिबाट आवेदन दिन सकिने


१६ असार, काठमाडाैँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलिबाट आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ।मनकामना लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले मनकामनालाइ ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ।

मनकामना लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओको निष्कासन बन्द छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयसम्म हुनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १३:०१