२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


१६ असार, काठमाडाैँ । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असार १७ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले असार ३० गते, कम्पनिकाे केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा आव्हान गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण लगायत एजेण्डामाथि पनि छलफल गरी पारित गर्नेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ११:०३