२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

यूनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दै


१६ असार, काठमाडाैँ । यूनियन लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०८:३९