२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान


१५ असार, काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले आईआर बीबी रेटिङ्ग प्राप्त गरेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तर, कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासन गर्न अनमुति माग्न आवेदन दिएको छैन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १३:५८