१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटमा बृद्ध भत्ता चोरिएको कांग्रेसले पनि थाहा पायो, वडा कार्यालयमा तालाबन्दी


७ असार, नुवाकोट । नुवाकोटको पञ्कन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयबाट हराएको भनिएको ५३ लाखका बारेमा नेपाली कांग्रेसले पनि चासो लिएको छ । कांग्रेस नेता वैकुण्ठ मिश्रको नेतृत्वमा आइतबार चोरीएको वृद्धभत्ता माग्दै वडा कार्यालयमा तालाबन्दी भएको छ ।

चैत्र २४ गते वडा कार्यलयबाट हराएको भनिए पनि सीसीटीभीमा प्राविधिक सहायक रामकुमार गिरीले पैसा हालेको झोला वडा कार्यालय पुर्याएर पैसा नझिकी त्यही झोला बोकेर घरितर गएको देखिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र प्रहरीले जानकारी दिइसकेका छन ।

बृद्धभत्ताको पैसा चोरी भएपछि गाउँपालिकाले घटना लुकाउन अनेक प्रयत्न गरे पनि असफल भएपछि प्रहरी हुँदै अदालत लगेर सामान्य ढंगले मुद्दा मिलाउन गरेको प्रयास मिडियाको माध्यमबाट सूचना चुहिएपछि छताछुल्ल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको छानविन समितिले गाउँपालिका प्रमुखको अप्रत्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष संलग्ना देखिएको निष्कर्ष निकालेको छ । मन्त्रालयको छानविन समितिको निष्कर्षपछि अधिकृत नरेश पुडासैनीलाइ मन्त्रालय तानेर कारबाही स्वरूप जगेडामा राखेको छ ।

यो पनि पढ्नुहोस्

-सीसीटीभीमा नुवाकोटको बृद्धभत्ता चोरी प्रकरणः जसले बैंकबाट पैसा ल्याए उनैले लगे

बृद्ध भत्ता चोरी प्रकरणः पुडासैनीलाई कारबाही स्वरूप जिम्मेवारी खोसेर मन्त्रालय तानियो

-बृद्ध भत्ता चाेर खोज्न संघीय मामिला मन्त्रालयको टोली नुवाकोट जाँदै

-बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति

-नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी

बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ

-बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

-वृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका अध्यक्षमाथि कारवाही गर्न माग

सामाजिक सुरक्षा भत्ता वापतको ५० लाख र राजस्व संकलन मार्फत जम्मा भएको ३ लाख गरि ५३ लाख रुपैयाँ चोरी भएको थियो । वृत्तभत्ता त्यसरी चोरीएको तीन महिनापछि स्थानीय कांग्रेसले पनि थाहा पाएर आइतबार वडा कार्यालयमा कार्यक्रम गरी वडा कार्यालयमा तालाबन्दी गरेको हो । बृद्धभत्ता चोरीएको वडा पूर्व अर्थमन्त्री डा रामशरण महतको गाउँ पनि हो ।

झण्डै तीन महिना बितिसक्दा पनि प्रशासनले दोषि पत्ता लगाउन नसक्नु र गतबर्ष मंसिरदेखि सामाजिक सुरक्षा भत्ताबापतको रकम बृद्धबृद्धाहरुले पाउन नसकेको भन्दै वडा कार्यालयमा ताला लगाइएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला कमिटि सदस्य बैकुन्ठ मिश्रले बताएका छन । उनले लामो समयदेखि वडामा सामाजिक सुरक्षा वापतको रकम नपाएर पिडित भएका बृद्धबृद्धा ,एकल महिला अल्पसंख्यक लगायतले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएको कारणले वडा कार्यालयमा ताला लगाउनु परेको बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार ११:१९