१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बाँकेका किसानहरु पहिलो पटक चैते धान फलाउन सफल


३१ जेठ, काठमाडाैँ । बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन् । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् । बर्दिका किसानहरु १ दशक अघि देखि चैते धान तर्फ अकार्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् ।

यो वर्ष भने बाँकेका किसानहरुले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरमा पानी आउन थाले चैते धान लगाउन किसान उत्साही भएका थिए । नहरमा १२ महिना पानी आउन थाले पछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परिक्षण सफल भएले अर्को बर्ष देखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताउनु भयो ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ेठा जमिनमा चैते धान फलाउन सफल भएका छन् । किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर बर्षे धान लगाउने तयारी गरेको बताउनु भयो । परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैेते धान– ५ नामक धानको खेती गर्नुभएको छ ।

लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गर्नुभए बताउनु भयो । एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताउनु भयो । घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताउनु भयो । उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताउनु भयो ।

कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो बर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क परामर्श र मल बीउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताउनु भयो । अर्को बर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याउने बताउनु भयो ।

किसानहरुले गर्मि हुने ठाँउमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएकाछन् । बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ । सिक्टा सिंचाई आयोजनाको सिंचित हुने क्षेत्रमा धान उतपादन गरेर किसानहरुलाई बैकल्पिक उत्पादनको बाटो देखाएको छ । आगामि बर्षमा किसानहरुलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरुलाई निशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरुलाई थप हौशला पुग्ने छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १४:२७