१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बृद्ध भत्ता चाेर खोज्न संघीय मामिला मन्त्रालयको टोली नुवाकोट जाँदै


३० जेठ, काठमाडाैँ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले छानविन समिति चोर खोज्न नुवाकोट जाने भएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयवाट हराएको भनिएको ५३ लाख रुपैयाँ चोर्ने चोर पत्ता लगाउन मन्त्रालयले गठन गरेको छानविन समिति पालिकाको कार्यालय लाकुरीभञ्ज्याङ जान लागेको हो ।

रकमबारे छानविन गर्न मन्त्रालयले गठन गरेको समितिका संयोजक उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्ले सोमबार नुवाकोट जान लाग्नुभएको स्थानीय तहका प्रशासन हेर्ने मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाले जानकारी दिनुभयो । कोइराला अख्तियारमा काम गरेर मन्त्रालय पुग्नुभएको कर्मचारी हुनुहुन्छ । अुनसन्धान विशेष दक्षता भएकै कारण उहाँले छानविन समितिको संयोजक पाएको स्रोतले जनाएको छ । समितिले चोरी घटनामा संलग्न भनिएका वडासचिव सरिता रावत, वडाका दुईजना प्राविधिक स्तरका कर्मचारी, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतसँग सोधपुछ गरी प्रतिवेदन तयार पार्नेछ ।

समितिले तयार पारेको प्रतिवेदनका आधारमा थप कारवाही अघि बढाउने मन्त्रालयको जनाएको छ । यसअघि प्रशासकीय अधिकृतलाइ स्पष्टिकरण सोधिएको भए पनि चित्तबुझ्दो जवाफ नपाएपछि छानविन समिति बनाएर स्थालगत अध्यनमा जान लागेको हो । चोरी प्रकरणमा प्रशासकीय अधिकृतको धेरै कमजोरी भेटिएपछि उनलाई मन्त्रालयमा तान्ने तयारी गरिएकत्र छ । छानविन समिति फर्किएपछि अधिकृत नरेश पुडासैनीलाई मन्त्रालय तानिने छ । गत चैत २४ मा सामाजिक सुरक्षा भत्ता वाँढ्न भन्दै वडा सचिवले बैंकवाट झिकेको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ सोही दिन राती चोरी भएको थियो ।

चोरी प्रकरणमा मुछिएका वडा सचिव रावतसहित ३ जनामाथि मुद्धा परेपनि उनीहरु हाल धरौटीमा छुटिसकेका छन् । वडा कार्यालयवाट रकम चोरी भएपनि सरकारी वकिल कार्यालयले भने मुद्धा दर्ता गर्दा चोरी नभइ अन्य कसुरमा मात्र मुद्धा चलाएपछि घटना थप रहस्यमय बन्दै गएको छ । मन्त्रालयले सरकारी वकिलको कार्यालयले अत्यन्तै कमजोर ढंगबाट प्रस्तुत गरिएको जनाएको छ ।

यो पनि पढ्नुहोस् 

-बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति

-नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी

बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ

-बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

-वृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका अध्यक्षमाथि कारवाही गर्न माग

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १९:०२