१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अन्तिम मोर्चाको लडाइँ लडेर आउछु आमा


-नकुल चौलागाईं

नरोई बसे हे मेरी आमा युद्दमा जादैछौ
न्याउली रुदा नरुनु आमा म फर्की आउनेछु ।

बैरिले ढाक्यो हे मेरी आमा गाउ र शहर
बाध्यता बन्यो युद्दमा जान थिएन रहर ।

नरोई बसे हे मेरी आमा युद्दमा जादैछौ
न्याउली रुदा नरुनु आमा म फर्की आउनेछु ।

शहिदको सपना हे मेरी आमा अधुरो रहन्न
जितेर आउछु बैरिको किल्ला नेपाली धर्तिमा ।

नरोई बसे हे मेरी आमा युद्दमा जादैछौ
न्याउली रुदा नरुनु आमा म फर्की आउनेछु ।

म ढले भने हे मेरी आमा युद्दलाई साथ दिनु
बिचारको लडाई यस्तै हो आमा मुस्कुराइ हास्दिनु ।

नरोई बसे हे मेरी आमा युद्दमा जादैछौ
न्याउली रुदा नरुनु आमा म फर्की आउनेछु ।

-काभ्रे कोसिपारि

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १४:३२