२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

औलो रोग क्रमशः नियन्त्रण हुँदै


१५ जेठ, काठमाडाैँ । आर्थिक सर्वेक्षणमा औलो रोग क्रमशः नियन्त्रण हुँदै गएको बताइएको छ । आव २०७६/०७७ मा दुई लाख ५२ हजार १५५ व्यक्तिको नमुना परीक्षण गर्दा ६१९ जनामा औलो रोग देखा परेकोमा आव २०७५/०७६ मा एक लाख ९९ हजार ९२७ जनामा परीक्षण गर्दा एक हजार ६५ जनामा औलो देखिएको थियो ।

यस्तै चालु आवमा २०७७/०७८ मा स्वास्थ्य क्षेत्रको कुल मूल्य अभिवृद्धि बृद्धिदर अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको पाइएको छ । चालु आवमा मूल्य अभिवृद्धि ६.५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अघिल्ला आवमा ५.२ प्रतिशत रहेको थियो ।

यसैगरी आर्थिक सर्वेक्षणमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको छ । विसं२०७७ फागुन महिनासम्म ६९ जिल्लाका ११० स्थानीय तहका ६७३ वडामा स्वास्थ्य कार्यक्रम सञ्चालित छ । स्वास्थ्य बीमा कार्यक्रमबाट सात लाख ४२ हजार १९२ घरपरिवारका ३७ लाख १० हजार ९६२ सदस्य विमित छन् ।

यस्तै ७० अत्यावश्यक औषधि निःशुल्क वितरण गरिएको छ । राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत २५ श्ययाबाट ७० औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईबाट ३८ अत्यावश्यक औषधि निःशुल्क वितरण हुँदै आइरहेको छ ।

सरकारले २०७७ फागुनसम्म मा ३९ हजार २७९ बिरामीलाई क्यान्सर, मुटु र मिर्र्गाैला रोगका निःशुल्क औषधि उपचार गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ०८:०८

https://srdb.com.np/