२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अब माओवादीका हजाराैँ कार्यकर्ता एमाले प्रवेश गर्छनः नेता बस्नेत


१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली युवा नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री बन्ने कुरा सपनामात्र रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘आगामी निर्वाचनबाट प्रचण्ड कमरेड सम्भवतः घरमै बस्नुहुन्छ । उहाँले चुनाव लड्ने क्षेत्र नै देखेको छैन मैले ।’

नेता बस्नेतले आगामी निर्वाचन सम्ममा नेकपा माओवादी केन्द्रका हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो । उहाँले एमालेको नीति एमालेको नेतृत्व भन्ने अभियान अझै बलसाली ढंगले स्थापित हुँदै जाने बताउनुभयो ।

 

एमालेले अल्पतमको सरकार गठन गरेसँगै अब प्रतिनिधिसभा विघटन गरेर पुनः चुनावमा जाने कोर्स सकिएको बताउनुभयो । उहाँले चाँडै नै जसपा र एमालेभित्रकै केही सम्भावना बोकेका नेताहरूलाइ समेटेर मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनु भएका बस्नेतले माधवकुमार नेपालले पनि प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभयो । पार्टीभित्रका केही नेताहरूलाइ भने विगतमा व्यक्त गरेका कुण्ठाले एडजस हुन केही समय लाग्ने बताउनुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १६:१०